कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो।
जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध आजै पक्राउ पूर्जी जारी गरेको थियो। सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो।