सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता

File Photo
File Photo

सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन्।

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन्। साथै उनीसँगै गएका नेपाली डवाङ शेर्पा सम्पर्कविहीन बनेका छन्।

उनीहरुले सगरमाथा आरोहण गरे/नगरेको यकिन नभएको विभागले जनाएको छ। बिहीबार अपरान्ह २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए।

साथै सम्पर्कविहीन भएका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको विभागले जनाएको छ।
  

प्रकाशित मिति: : 2024-05-23 18:01:00

प्रतिकृया दिनुहोस्