सञ्चालनमा नरहेका विमानस्थललाई मनाेरञ्जन पर्यटनका रुपमा उपयाेग गरिने

सरकारले सञ्चालनमा नरहेका विमानस्थललाई मनाेरञ्जन पर्यटनका लागि उपयाेग गर्ने भएकाे छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले अहिले सञ्चालनमा नरहेका आन्तरिक विमानस्थललाई मनाेरञ्जन पर्यटनका लागि विकास गरिने बताएका हुन्।

‘सञ्चालनमा नरहेकाे बलेवा, लामिडाँडा, मनाङ, रुम्जाटार, बैडतीलगायतका सञ्चालनमा नरहेका विमानस्थललाई निजी क्षेत्रकाे सहकार्यमा प्याराग्लाईडिङ, प्यारासुटलगायत मनाेरञ्जनात्मक सहासिक पर्यटनका लागि उपयाेग गरिनेछ,’ उनले भने।

पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९१ कराेड बजेट विनियाेजन गरेकाे उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2024-05-28 15:55:00

प्रतिकृया दिनुहोस्