सरकारले लुम्बिनी क्षेत्रमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गर्ने भएकाे छ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले सञ्चार क्षेत्रकाे विकास लागि लुम्बिनी क्षेत्रमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गर्ने घाेषणा गरेका हुन्।
त्यस्तै सञ्चारकर्मीकाे क्षमता वृद्धिका लागि तालिमकाे व्यवस्था गरिने, सामाजिक सञ्जाल तथा डिजिटल क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाइने, डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापनलाई नियमन गर्ने, विज्ञान क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने र लाेककल्याणकारी विज्ञापनलाई निरन्तरता दिने मन्त्री पुनले बताए।
त्यस्तै हुलाक क्षेत्रलाई पुनर्संरचना गरी विद्युतीय व्यापारकाे हबकाे रुपमा विकास गरिने भएकाे छ।
सञ्चार तथा सूचना मन्त्रालयका लागि रु. ७ अर्ब ३५ कराेड बजेट विनियाेजन भएकाे छ।