सहकारी छानबिनमा कांग्रेसले हावादारी सम्झौता गर्यो, जनतासँग माफी माग्नुपर्छ: कमल थापा

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगी प्रकरणको छानबिनमा नेपाली कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले हावादारी सम्झौता गर्ने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्ने बताए।

सहकारी विवादमा कांग्रेस र विपक्षी दलहरूले महिनौँसम्म संसद अवरुद्ध गरेकाे, समय वर्वाद गरेका र करोडौं व्यय गराएकाे भन्दै खर्चको क्षतिपूर्ति बुझाउनुपर्ने समेत उल्लेख गरेका छन्।

‘सहकारी विवाद र सम्झौता प्रकरण: यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने,समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो’, उनले लेखेका छन्।

प्रकाशित मिति: : 2024-05-29 13:25:00

प्रतिकृया दिनुहोस्