पावीहाङ राईको अध्यक्षतामा याक चौँरी कृषक महासंघको नयाँ कार्यसमिति चयन

याक चौँरी कृषक महासंघले १३ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ।

याक चौँरी कृषक महासंघको ज्येष्ठ १६ र १७ गते दुई दिन काठमाडाैँको जोरपाटीमा भएको प्रथम महाधिवेशनबाट पावीहाङ राईको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरिएको हो।

कार्यसमितिमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा दोलखाका लालकुमार केसी, मुस्ताङका सोजन हिराचन, ताप्लेजुङका विशाल लिम्बू र सोलुखुम्बुका आङफुर्वा शेर्पा चयन भएका छन्।

सदस्यमा मनाङका बेदबहादुर गुरुङ, ओखलढंगाकी माया शेर्पा, बाजुराका छिरिङ तोक्पे गुरुङ, सिन्धुपाल्चोका सर्की शेर्पा, हुम्लाका शुक्रबहादुर शाही, सोलुखुम्बुकी पेमा शेर्पा, जुम्लाकी हेमाकुमारी रोकाया बुढा र इलामका सुन्दर राई चयन भएका छन्।

महाधिवेशनले सल्लाहकार समितिमा रामेछापका दावा साङ्बु शेर्पा, मुगुका छुडिम लामा, मनाङका गमबहादुर गुरुङ, म्याग्दीमा प्रेमबहादुर पुर्जा पुन र ताप्लेजुङका खड्गबहादुर गुरुङलाई चयन गरेका छन्।

‘हिमाली पर्यावरण जोगाउन चौँरी तथा याक पालनले महत्वपूर्ण योगदान पुर्‍याएको छ’, उनले भने, ‘सीमा सुरक्षा गर्न र पर्यटक समस्यामा पर्दा सबैभन्दा पहिला उद्धार गर्ने काममा पनि चौँरी गोठालाहरू नै अघि सर्छन्।’ यो क्षेत्रलाई सरोकारवालाले पर्याप्त चासो निदिएको गुनासोसमेत गरेका छन्।

अध्यक्ष राईले नेपालका याक तथा चौँरी कृषकहरूका माग सरकारलागायत विभिन्न दातृ निकायसँग सहकार्य गर्ने, नीतिगत निर्णयका लागि आवाज र दबाब दिने तथा यस क्षेत्रको अध्ययन तथा अनुसन्धान र विकासमा काम गरिने बताएका छन्।

याे पनि...
प्रकाशित मिति: : 2024-05-31 16:08:00

प्रतिकृया दिनुहोस्