मधेश प्रदेशको राजधानी जनकपुरधामसंगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडाध्यक्षको निधन भएको छ।
धनुषाधाम नगरपालिका-१ का वडाध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो।
क्यान्सर रोगबाट ग्रस्त वडाध्यक्ष यादवको बिहीबार बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।
पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको उपचार चलिरहेको थियो। नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दैआएका उनको अचानक मृत्यु भएको हाे। मृतक यादवको श्रीमती, एक छोरा र दुई छोरी छन्।
धनुषाधाम नगरपालिका–१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्तेष्टि गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ।