त्रिशुलीमा बेपत्ता व्यक्तिलाई सशस्त्र प्रहरी गर्‍याे सकुशल उद्दार

त्रिशुली नदीमा बेपत्ता भएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ।

बिहीबार दिउँसो चितवन जिल्ला इच्छाकामना गाउँपालिका- ४ स्थित त्रिशुली नदीमा एक व्यक्ति बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको फौज परिचालन गरिएको थियो।

उनलाई साँझ सवा पाँच बजे नदी किनारको फाेहाेरमा अड्किएको अवस्थामा जिबितै उद्दार गरी कुरिनटारस्थित सशस्त्र प्रहरिबलको ट्रमा सेन्टरमा ल्याइएको छ।

उद्दार गरिएका व्यक्ति सप्तरी जिल्लाको खडक गाउँपालिका- ८ घर भई हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षीय बन्धुलाइ चौधरी रहेका छन्।

उनी माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेको बताइएको छ। उनको हात र खुट्टामा चोट लागेको छ।

प्रकाशित मिति: : 2024-06-13 20:58:00

प्रतिकृया दिनुहोस्