मधेसको योजना आयोगको उपाध्यक्षमा साह नियुक्त

Break n Links
Break n Links

मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त भएका छन्।

बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीनिकट मानिने साहलाई उपाध्यक्ष नियुक्त गरेका हुन्।

उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्सअन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका छन्।

साह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए। 

प्रकाशित मिति: : 2024-06-20 17:21:00

प्रतिकृया दिनुहोस्