सरकार र संसद् सचिवालयका कर्मचारीबीच ७ बुँदे सहमति

सरकार र संसद् सचिवायलका कर्मचारीबीच ७ बुँदे सहमति भएको छ। विभिन्न ११ बुँदे माग राखेर २१ दिनदेखि आन्दोलनरत कर्मचारीसँग सरकारले सोमबार ७ बुँदे सहमति गरेको हो। 

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढाइने छ। कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक ३ सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक १ सयले वृद्धि गर्ने सहमति भएको छ। 

प्रकाशित मिति: : 2024-06-24 17:26:00

प्रतिकृया दिनुहोस्