विदेश रोजगारीका लागि पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

Break n Links
Break n Links

विदेशमा रोजगारीका लागि पठाउने आश्वासन देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ घर भएर अनामनगर बस्ने ३४ वर्षीय नर्वदा कुमार खड्का र काठमाडौँको नागार्जुन घर भएका ४० वर्षीय पासाङ लामा छन्। 

खड्काले क्यानडा पठाउने आश्वासन दिएर पीडितसँग ३ लाख ८५ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। पासाङले दुईजना पीडितबाट पोर्चुगल पठाउने आश्वासन दिएर ५ लाख २० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएका छन्। 

उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ।

प्रकाशित मिति: : 2024-06-24 20:27:00

प्रतिकृया दिनुहोस्