एसइईको नतिजा आज आउदै

Break n Links
Break n Links

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ।

यस अघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्वजनिक गर्ने भएको हो। 

नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ। कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन्।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए। 

प्रकाशित मिति: : 2024-06-27 06:54:00

प्रतिकृया दिनुहोस्