सौर्य एयर दुर्घटना: माग पूरा नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने

Break n Links
Break n Links

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा मृत्यु भएकाकाे परिवार तथा आफन्तले आफ्नाे माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। 

उनीहरूले क्षतिपूर्ति, बीमा रकम, परिवारका सदस्यलाई रोजगारी, मृतकका सन्तानका लागि उच्च शिक्षालगायतकाे माग सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका हुन्।

त्रिवि शिक्षण अस्पतालकाे फरेन्सिक विभागले दुर्घटनामा मृत्यु भएकाहरुको शव पोस्टमार्टम गरिसकेको छ। अस्पतालले आजै शवहरू आफन्तलाई बुझाउने तयारी गरेकाे छ। तर उनीहरूले शव बुझ्न मानेका छैनन्।

मृतकका आफन्तहरूले आफूहरूकाे मागबारे बुझ्न सरकार र विमान कम्पनी अहिलेसम्म नआएकाे गुनासाे गरेका छन्। आफ्नाे मागबारे कम्पनीले आफूहरूसँग लिखित सम्झौता गर्नुपर्ने उनीहरूकाे अडान छ।

बुधबार बिहान ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उडेकाे सौर्य एयरलाइन्सकाे ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।

दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियाे भने पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएकाे थियाे। उनकाे काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेकाे छ।

याे पनि...
प्रकाशित मिति: : 2024-07-26 15:53:00

प्रतिकृया दिनुहोस्