नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकीले आइतबार सार्वजनिक यातायात ठप्प पारेको छ।
मोबाइल एपमार्फत यात्रु ओसोरपसार गर्ने कार्य ‘राइड सेयरिङ’लाई वैधानिकता दिने गरी प्रदेश सरकारले कार्यविधि ल्याउन लागेपछि गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रिएर यातायात ठप्प पारेकाे हाे।
रातो नम्बर प्लेटका सवारीलाई यात्रु ओसारपसारको अनुमति दिने गरी कार्यविधि आउन लागेको भन्दै यातायात व्यवसायीहरूले विराेध जनाएका छन्।
यसअघि बिहीबार महासंघले प्रदेश सरकारलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको थियो। जसमा दुईपांग्रे र चारपांग्रे निजी (रातो प्लेट) का साधनलाई यात्रु ओसोरपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने लगायत माग समेटिएकाे थियाे।
तर उक्त माग सम्बाेधन नभए आइतबारदेखि सवारीसाधन ग्यारेजमा थन्क्याउने समेत यवसाथीहरूकाे अडान थियाे।