अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

पहिराका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। 

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। 

राजमार्ग प्रहरी र स्थानीयको पहलमा आज बिहान पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। 

कर्णाली करिडोरअन्तर्गत कालिकोटका नरहरिनाथ गाउँपालिका–१ मोरा गाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सो सडक अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताए।

प्रकाशित मिति: : 2024-07-28 21:28:00

प्रतिकृया दिनुहोस्