संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित आयुक्त प्रधानबारे निर्णय लिने

फाइल तस्विर
फाइल तस्विर

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज (साेमबार) बस्दैछ।

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिएका छन्।

यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ। यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ। पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन्। भने, उनले उजुरी पनि दिएकी थिइन्। सुनुवाइका क्रममा प्रधानले महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए।

यौन शोषणजस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको छ।

प्रकाशित मिति: : 2024-07-29 08:13:00

प्रतिकृया दिनुहोस्