सहकारी प्रकरण: संसदीय छानबिन समितिमा गृहमन्त्री र आइजीपीसँग छलफल

Break n Links
Break n Links

सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ।

जेठ १५ गते प्रतिनिधिसभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएकाे रकम हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ।

तीन महिनाको कार्यादेश पाएको समितिको दुई महिनाको समय बितिसकेकाे छ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम गठन भएको समितिमा एमाले सांसद सूर्यबहादुर थापा सभापति रहेका छन् भने कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन्।

त्यस्तै एमाले सदस्यमा सरिता भुसाल माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

प्रकाशित मिति: : 2024-07-29 11:38:00

प्रतिकृया दिनुहोस्