श्री एयरलाइन्समा एयर होस्टेजमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

Break n Links
Break n Links

मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई गर्ने युवक पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो। उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो।

मंगलबार त्रिभुवन विमानस्थलबाट ४:५० बजे धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुईजना एयरहोस्टेजमध्ये एकलाई जिस्काएका थिए। सो घटना पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2024-07-31 15:43:00

प्रतिकृया दिनुहोस्