देशभर वर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्थाबारे जानकारी दिएको छ।
प्रहरीका अनुसार देशका ९ सडकखण्ड अहिले पूर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा रहेका छन्।
अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडकखण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही-तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ।
त्यस्तै महोत्तरीको पूर्वपश्चिम लोकमार्ग र कान्ति लोकपथ एकतर्फी रुपमा सञ्चालित रहेको प्रहरीले जनाएको छ।