गुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, २ घाइते

गुल्मीमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–१ बिसौनामा मंगलबार बिहान माथिबाट खसेको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिँदा ४ जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षीया मसुरी विकको रहेका छन्।

प्रहरीका अनुसार पहिरोमा पुरिएर मुना विक र विष्णु विक घाइते भएको छन्। उनीहरूलाई उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाइएको छ।

प्रकाशित मिति: : 2024-08-06 13:19:00

प्रतिकृया दिनुहोस्