नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

काठमाडौँबाट पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीकाे सूर्यचौरमा दुर्घटनामा भएकाे हो।

दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएकाे छ। नेपाल प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार हेलिकप्टरमा  क्याप्टेन अरुण मल्ल र ४ यात्रु सवार रहेका थिए।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2024-08-07 15:01:00

प्रतिकृया दिनुहोस्