बाँकेमा हेलिकप्टर आकस्मिक अवतरण

Break n Links
Break n Links

बाँकेको राप्तीसोनारीमा हेलिकप्टर आकस्मिक अवतरण भएकाे छ।

काठमाडौँबाट नेपालगञ्जका लागि उडेको एकजना धर्म गुरुसहित ३ जना भारतीय यात्रु सवार हेलिकप्टर राप्तीसोनारी गाउँपालिका-१ कुशुम पेट्रोल पम्प नजिक क्षेत्रमा अवतरण गरिएकाे हाे।

नेपालगञ्जकाे मौसममा देखिएको खराबीका कारण हेलिकप्टर त्यहाँ सुरक्षित ल्याण्ड गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिए।

काठमाडौँबाट नेपालगञ्जका लागि उडेको उक्त हेलिकप्टर नेपालगञ्जबाट पुन: बैतडी जान लागेकाे थियो। तर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएकाे हाे।

उनका अनुसार शसस्त्र प्रहरी बलले हेलिकप्टरको सुरक्षा दिइरहेको र यात्रु सबै सुरक्षित रहेका छन्।

प्रकाशित मिति: : 2024-08-07 17:27:00

प्रतिकृया दिनुहोस्