टुकुचामाथिको सडक भासिएपछि बालेनले भने- खोलामाथि पुल बनाउनपर्छ, घर र बाटो होइन

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाका प्रमुख बाेलन शाहले मान्छेले आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनपर्ने सुझाव दिएका छन्।

शुक्रबार महानगरपालिकाकाे कार्यलय नजिककाे टुकुचा खोलामाथिको सडक भासिएपछि उनले खोलामाथि घर र बाटो नभएर पुल बनाउनपर्ने सुझाव दिएका हुन्।

मेयर शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेकाे तर अदालती कारणले रोकिन परेको उल्लेख गरेका छन्।

उनले सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन्। यसपश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने उनकाे भनाइ छ।

‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ। सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ। यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ’, उनले भनेका छन्, ‘यति त सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’

प्रकाशित मिति: : 2024-08-09 12:47:00

प्रतिकृया दिनुहोस्