रौतहटमा वृद्धको हत्या, धान खेतमा भेटियाे शव

रौतहटमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको  हत्या भएको छ।

गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो।

उनको शव घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

धारिलो हतियार प्रहार गरी महतो हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको उनले जानकारी दिए। घटनाका बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-14 12:40:00

प्रतिकृया दिनुहोस्