भारतका महायोगी पाइलट बाबाको निधन भएको छ।
छातीमा खराबी देखिएपछि मुम्बईकाे कोकिलाबेन अस्पतालमा भर्ना भएका उनकाे मंगलबार दिँउसो निधन भएको हाे।
८६ वर्षीय पाइलट बाबाकाे लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए।
समय छातीमा समस्या देखिएपछि अस्पतालकाे आईसीयूमा उपचाररत उनकाे मंगलबार निधन भएकाे हाे। उनको अन्त्येष्टि भारतकाे हरिद्वारमा बुधबार हुने बताइएकाे छ।
उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो। उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए।