युवाहरुले प्रधानमन्त्री निवास बालुवाटार घेर्दै

विभिन्न युवा अभियान्ताहरुको नेतृत्वमा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागि हुन आम जनतालाईसमेत आह्वान गरेका छन्।

अभियान्ताहरु डा. निकोलश भुसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, विजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल, खेमराज साउदले ओली–देउवा गठबन्दनले भ्रष्टचारी बचाउन गरेको तिगडमविरुद्ध बालुवाटार घेराउन गर्न लागेको बताएका छन्।

वक्ताहरुले बिहीबार राति ३ बजे सन्तोस राजावादीलगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफू, आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन ओली सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनीहरुले आरोप लगाएका छन्।

उनीहरुले ललिता निवास, भुटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: : 2024-08-23 22:21:00

प्रतिकृया दिनुहोस्