डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ।

आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो।

खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो।  
 

प्रकाशित मिति: : 2024-08-25 05:54:00

प्रतिकृया दिनुहोस्