रामेछापको शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ।
शनिबार ४ बजेदेखिको निरन्तरको वर्षाले त्यहाँ पहिरो जाँदा २ जनाको ज्यान लिएको छ। मृत्यु हुनेमा बाल विकासमा पढाउने शिक्षिका र उनको छोरा भएको पालिकाका सूचना अधिकारी भोला पाठकले बताए।
यस्तै ११ जना बेपत्ता भएको आशङ्का गरिएको छ।
पालिकाको वडा नम्बर ३ लेखर्कवस्तीमा पहिरो गएको हो। पहिरोमा ४ वटा घर बगाएको छ। यस्तै एउटा पक्की पुल पनि बगाएको छ।
उनले भने, ‘पहिरोले ठूलो क्षति गरेको छ। ४ वटा घर र एउटा पुलको नाम निशाना नै छैन। ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ। अहिले स्थानीय र नेपाल प्रहरीले उद्धारको प्रयास जारी राखेको छ।’
घटनास्थल पालिका केन्द्रबाट २ किलोमिटरको दुरीमा रहेको छ।