टीआरसी विधेयक सभामुखबाट प्रमाणित

File Photo
File Photo

सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणित गरेका छन्।

सभामुख घिमिरेले बुधबार टीआरसी विधेयक प्रमाणित गरेकाे उनको सचिवालयले जानकारी दिएको छ।

सो विधेयक सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाइएको छ। उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ।

प्रकाशित मिति: : 2024-08-28 13:53:00

प्रतिकृया दिनुहोस्