एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौँ: रवि लामिछाने (भिडियाे)

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताएका छन्।

मंगलबार चौथो एसिड आक्रमणविरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग छलफल गर्दै सभापति लामिछानेले कानुनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका हुन्।

उनले भने, ‘संसारका संसदहरुमा के छ थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधिसभाको सांसदको रुपमा रास्वपाको प्रतिनिधित्व गर्दै बिन्दबासिनी कंसाकार आउनुभएको छ। यो सामान्य कुरा मात्र होइन, एसिडको जलन वा पीडा अन्त्य गर्नका निम्ती कानुनी रुपमा उपचारको जटिलता अझै कायम नै छन्। तर कानुनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम कानुन बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिने काम गर्न सकेका छैनौँ। यो धिक्कार हुन्छ हामी सबैको लागि।’

साथै उनले देशले नै गर्व गर्ने ठाउँमा पुग्नका लगि धेरै काम गर्नुपर्ने बताए। उनले एसिड पीडितहरुलाई न्याय दिनको लागि नै जलन विधेयक दर्ता गरेको समेत बताए।

उनले एसिड पीडितको न्यायको लागि आफू प्रतिवद्ध रहेको बताए। उनले भने, ‘केही समय धैर्यतापूर्वक साथमा रहनुहोला। एसिड पीडितले अनुभव गरेका तिता इतिहासहरुलाई भोलिका दिनमा कसैले गर्न नपाउन भन्नकै लागि जलनबाट पीडा भोक्नु परेका सबैको हक र अधिकार दिलाउनको लागि हामी लडिरहेका छौँ। र एसिड पीडितको न्यायको लागि प्रतिवद्ध छौँ।’

प्रकाशित मिति: : 2024-09-10 12:21:00

प्रतिकृया दिनुहोस्