बागलुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा २ जना महिला र एक जना पुरुष रहेका छन्। उनीहरूको परिचय खुलेको छैन।
दुर्घटनामा एक जना पुरुष घाइते भएको र उनको उपचार भइरहेको छ। थप परिचय भने खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी इन्स्पेक्टर प्रताप पौडेलले घटनाकाबारेमा थप बुझ्ने काम भइरहेको जानकारी दिए।
दुर्घटना राती भएको अनुमान गरिएको छ। दुर्घटनाकाबारेमा बिहान ८ बजेमात्र प्रहरीले खबर पाएको थियो।