जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बुधबार अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे।
अदालतले यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। ३ दिनकाे म्याद सकिएपछि प्रहरीले बुधबार उनलाई ७ दिनको समय मागेर अदालतमा पेस गरेको थियाे।
चरित्र हत्या गरेकाे आराेपमा प्रसाईंलाई ६ गते उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो।