चीन भ्रमण छोट्टयाएर स्वदेश फर्किए रास्वपाका नेताहरू

Break n Links
Break n Links

चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेताहरू स्वदेश फर्किएका छन्।

९ दिने भ्रमणका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन गएका रास्वपाका नेताहरू बिहीबार काठमाडौँ फर्किएका हुन्।

सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु भ्रमणमा छाेट्याएर स्वदेश फर्किएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीन गएकाे थियो। उपसभापति वाग्लेका अनुसार आज ८ जना फर्किएको र ६ जना भोलि फर्किने छन्।

भ्रमण टोलीमा पार्टी उपसभापति डा. वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ रहेका थिए।

प्रकाशित मिति: : 2024-09-26 13:26:00

प्रतिकृया दिनुहोस्