राप्ती राजमार्ग आजदेखि तीन दिनलाई बन्द

दाङ
दाङ

आज (असोज ११ गते)देखि राप्ती राजमार्ग तीन दिन बन्द हुने भएको छ। तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोटसम्मको सडक तीन दिन बन्द हुने भएको हो। 

सडक मर्मत गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर जानकारी गराएको छ। तीन दिन यस सडक भएर गुड्ने ठुला सवारी सधानले प्रवेश पाउने छैनन्। 

जसमा ट्रक र ट्रिपरहरू रहेका छन्। बाँकी साना सवारी साधानलाई बने बाटो बन्द नगरिएको सूचनामा जानकारी गराइएको छ। 

यो पनि–

राप्ती राजमार्ग : यसरी बन्दैछ ‘मृत्यु मार्ग’

प्रकाशित मिति: : 2024-09-27 12:01:00

प्रतिकृया दिनुहोस्