काठमाडाैँको चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिराेले घर पुरिँदा २ जनाकाे मृत्यु भएकाे छ।
शनिबार बिहान माथिबाट आएकाे पहिराेले गर्वे तामाङकाे घर पुरिएकाे प्रहरी वृत थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा तामाङसहित उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन्।
पहिराेमा परेर उनकी आमा ठुलीमाया तामाङ र छाेरी विनिसा तामाङ घाइते भएका छन्।
घाइते उनीहरूकाे एपीएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेकाे प्रहरी जनाएकाे छ।