अवरुद्ध यी सडक खुले, यी सडक अझै अवरुद्ध छन्

Break n Links
Break n Links

तीन दिनको अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको छ। तर सडकहरू खुलाउन निकै समय लाग्ने देखिएको छ। 

आइतबार झरी कम भएपछि ठाउँठाउँमा अवरुद्ध सडक खुलाउन सुरु गरिएको भए पनि हालसम्म एक दर्जन सडकहरू मात्र खुलाइएका छन्। 

जसमा सिन्धुलीस्थित विपी राजमार्ग एकतर्फी सूचारु भएको छ। सुनकोशी गाउँपालिका २ कमेरेफाँट र सोही पालिकाको वडा नम्बर ६ मा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ। 

यस्तै धादिङको बेनीघाटरोराङ गाउँपालिका–३ स्थित पृथ्वी लोकमार्ग एकतर्फी, धनिवेशी नगरपालिका–९ स्थिति त्रिभुवन राजपथ दुईतर्फी, काभ्रेको पाँचखाल नगरपालिका–५ स्थित अरणीको राजमार्ग एकतर्फी सूचारु भएको छ। 

यसैगरी तनहुँको पृथ्वी राजमार्ग पनि एकतर्फी सूचारु भएको नेपाल प्रहरीले जानकारी गराएको छ। 

तर अझै (सोमबार दिनको ३ बजेसम्म) दुई दर्जन बढी सडक भने सूचारु हुन बाँकी रहेको छ। काठमाडौँको सिस्नेरी सडक, बल्खु फर्पिङ सडक, पृथ्वी राजमार्ग, ललितपुरको लेले टिकाभैरव सडक पूर्णरुपमा अवरुद्ध रहेको छ। 

मकवानपुरको कान्तीलोकपथ, भिमफेदी कुलेखानी, विपी राजमार्ग, काभ्रेपलाञ्चोकको विपी राजमार्ग ३ ठाउँमा अवरुद्ध छ। धादिङको मध्यपहाडी राजमार्ग, रामेछाप, पूर्वी नवपरासीको कालिगण्डकीलगायत राजमार्गहरू अवरुद्ध रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2024-09-30 15:23:00

प्रतिकृया दिनुहोस्