पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय आजपाको लुम्बिनी प्रदेश कमिटी विस्तार

आम जनता पार्टी (आजपा) को लुम्बिनी प्रदेश कमिटी विस्तार गरिएको छ। ५१ सदस्यीय लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे रहेका छन्।

आजपाका महासचिव एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज त्रिभुवन साह र प्रदेश कमिटीका अध्यक्ष नारायण पाण्डेले आज कमिटी विस्तार गरेको एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे, उपाध्यक्षमा उदित प्रसाद कहार भगत, डा. उसमान अलि, शम्भु प्रसाद जयसवाल सचिवमा विध्या शर्मा, सहसचिवमा नागेश्वर पटेल, जहरुल कमर, मो.अनिश दर्जी, संदिप पटेल, महम्मद रफिक फाकेर र कोषाध्यक्षमा विमला विश्वकर्मा रहेका छन्।

यसैगरी सदस्यहरुमा प्रमानन्द शर्मा, चन्द्रकुमार गोरिया, संदिप कचेल, विजयकुमार श्रीवास्तव, मुना प्रसाद, रामप्रवेश प्रसाद यादव, रामानन्द प्रसाद साह, संदिप कुमार जयसवाल, नथु पटेल, लालबाबु बैठा, फकरुदिन, ज्योति सेन्चुरी, जमालदिन फकिर, नागेन्द्र प्रसाद हरिजन, राजेश कुमार हरिजन, काशी दाहाल, सुमन गुप्ता, गिता गुप्ता, रन्जन यादव, सकिल अहमद, राजिव हरिजन घनश्याम यादव लगायतका रहेका छन्।

यसैगरी छोटेलाल हरिजन, रामप्रवेश हरिजन, रामनाथ प्रसाद जयसवाल, रामनारायण प्रसाद यादव, कृष्ण बैठा रामप्रसाद अधिकारी, चन्द्रशेखर प्रसाद, शम्भु प्रसाद साह, राजेश पाण्डे, बविता विक, विनिता यादव, हरि शर्मा, सागर थापा, राज महर्जनलगायतका रहेका छन्।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह नेतृत्व यो पार्टी भ्रष्टाचार, बेथिति, कुशासन, अनियमिततालगायतका विषयमा संघर्ष गर्दै आएको छ।

संघीय राजधानी काठमाडौँसहित देशैभरी जनताको आवश्यक्ता एवं शासन व्यवस्थामा परिवर्तनका लागि संघर्ष गरिरहेको आजपा गठन भएको केही महिनामै विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरेको महासचिव त्रिभुवन साहले जनाएका छन्।

प्रकाशित मिति: : 2024-10-01 12:57:00

प्रतिकृया दिनुहोस्