चौध दिनपछि बिपी राजमार्गमा चल्न थाले सवारी

तस्विर सभार- गाेरखापत्र
तस्विर सभार- गाेरखापत्र

गत असोज ११ र १२ गतेको वर्षा र बाढी पहिरोपछि अवरुद्ध भएको बिपी राजमार्ग अब पूर्ण सञ्चालनमा आएको छ। पूर्वी जिल्लाहरूलाई काठमाडौंसँग जोड्ने यो मुख्य मार्ग वर्षाका कारण ठाउँठाउँमा पहिरा र भत्किएर सञ्चालन हुन सकेको थिएन। 

नेपाली सेनासहित, प्राविधिक, स्थानीयको सक्रियतामा १४ दिनपछि यो राजमार्ग खुलेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार यो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भन्दै सामाजिक सञ्जालबाट जानकारि दिएका थिए। रोशीको दाउने भन्ने ठाउँमा यो सडकखण्ड मुख्य अवरोध थियो। त्यहाँ अहिले बैकल्पिक डाइभर्सन गराइएको छ। 
 

प्रकाशित मिति: : 2024-10-11 09:03:00

प्रतिकृया दिनुहोस्