प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाे मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) साँझ ५ बजे बस्नेगरी बाेलाइएकाे बैठक अन्तिम अवस्थामा स्थगित भएकाे हाे।
आजको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बताइएको थियो। तर उक्त अध्यादेशबारे कांग्रेसले सहमति नजनाएपछि बैठक स्थगित गरिएकाे हुनसक्ने अनुमान गरिएकाे छ।