मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे। पूर्वमन्त्री अधिकारी आइतबार विराटनगरबाट पक्राउ परेका थिए।
उनलाई आफ्नै घरबाटै पक्राउ गरी लगत्तै काठमाडौँ ल्याइएको थियो। अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनी जापान भ्रमण जाने क्रममा मानव तस्करी गरेको आरोप लागेको छ।