(अपडेट) रौतहटमा स्कर्पियो दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको परिचय खुल्याे

तस्बिर: बिजय यादव / फेसबुक
तस्बिर: बिजय यादव / फेसबुक

रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार बिहान साढे ७ बजे चन्द्रपुर नगरपालिका ४ मा बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना भएको हो। 

दुर्घटनामा मृत्यु हुनेमा सिराहा अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया सकुन्तला देवी महरा, ५५ वर्षीया महँगी देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन्।  

जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार घाइतेकाे स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ। उक्त स्कार्पियो गढीमाई मेला दर्शन गरेर फर्कदै  गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएकाे छ। 

-अपडेट

प्रकाशित मिति: : 2024-12-10 09:00:00

प्रतिकृया दिनुहोस्