नेकपा (माओवादी केन्द्र)काे स्थायी समिति बैठक सुरू भएकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हाे।
बैठक पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुने बताइएकाे छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी छन्।
राष्ट्रकाे महत्वपूर्ण पदमा आसिन भइसकेकाे व्यक्ति पार्टी गतिविधिमा सक्रिय हुनुलाई स्वभाविक मानिदैन।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेकाे राजनीतिमा र उपराष्ट्रपति पुन माओवादी पार्टीकाे राजनीतिमा सक्रिय हुन थालेपछि उनीहरूकाे आलाेचना भइरहेकाे छ।