निजामति सेवा विधेयक पारित, शिक्षा ऐन संसदमै पुगेन

लामाे प्रतीक्षापछि संघीय निजमति सेवा ऐन संशाेधन गर्न बनाइएकाे विधेयक  प्रतिनिधिसभाले पारित गरेकाे छ। 

आइतबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा सभामुख देवराज घिमिरेर उक्त विधेयक बहुमतले पारित भएकाे घाेषणा गरेका हुन्। 

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले  भने उक्त विधेयक च्यातेका थिए। संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन्। 

आजकाे बैठकमा शिक्षा ऐन भने टेबल भएन। यसअघि सरकारले असार १५ भित्र शिक्षा ऐन पारित गर्नेगरी सहमति गरेर शिक्षकहरूकाे आन्दाेलन स्थगित राेकेकाे थियाे। 
 

प्रकाशित मिति: : 2025-06-29 16:05:00

प्रतिकृया दिनुहोस्