राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो इमान्दारितामाथि प्रहार भएको आरोप लगाएका छन्।
बुधबार बसेको समितिको बैठकमा बोल्दै उनले आफू कुनै पनि बदमासीमा संलग्न नभएको दाबी गरेका हुन्।
आफ्नो राजनीतिमा कसैको निगाहाले नभइ निष्ठा र प्रतिष्ठामा आधारित भएर आएको स्पष्ट पार्दै उनले भनेका छन्, ‘गल्ती देखिए जुनसुकै तहको कारवाही भोग्न तयार छु।’