जनकपुर-जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका-२ सिनरजोडाका ४५ वर्षीय बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सोमबार दिउँसो १२ः३० बजेको समयमा धनुषाको औरही गाउँपालिका-२ देउरी प्रवाहा भन्ने ठाउँमा रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
जनकपुरधामबाट जयनगरतर्फ गइरहेका बेला रेलको साहलाई ठक्कर दिएको थियो।
साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।