चक्कु प्रहार गरी ससुराको हत्या, बेचन महासेठ पक्राउ

गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेवप्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँइ ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो।

महासेठलाई मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका-४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिइबीका कारण महासेठले आफ्ना ससुराको पेटलगायत शरीरका विभिन्न भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए। घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका काका नातामा पर्छन्।

प्रकाशित मिति: : 2025-07-09 13:30:00

प्रतिकृया दिनुहोस्