६ लाख कर्मचारीको तलब बढ्दा ३ करोड जनता महँगीको मारमा

तस्बिरः एजेन्सी

तीन करोड जनसंख्या रहेको नेपालमा जम्मा ६ लाख अर्थात २ प्रतिशत कर्मचारीको तलब सामान्य बढ्दा आकासिएको महँंगीले भने सबैलाई मारमा पारेको छ।

गहुँ पिस्दा घुन पिसिएजस्तै करिब दुई प्रतिशत मात्र कर्मचारीको तलब बढ्दा अन्य ९८ प्रतिशत नागरिकको तलब बृद्धि नभएपनि महँगीको मारमा भने ती कर्मचारी सरह नै पर्ने गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब २० प्रतिशतसम्म बढाएको छ। कर्मचारीको बढेको तलब पाउनुअघि नै बजार भाउ उकालो लागेको छ।

साउनदेखि कर्मचारीको तलब बढ्ने नै भयो। त्यसरी बृद्धि भएको तलबले कर्मचारीको जेनतेन खर्च धान्न सक्ला। तर, जसको तलब बढेको छैन्, उनीहरुले खरिद गर्ने बस्तुको भाउ समेत बढेको छ। यसले तलब बृद्धि नभएका नागरिकको जीवनयापनमा निकै असर पार्नेछ।

व्यवसायीले तलब र बजेट देखाएर सामानको भाउ बढाउने गरेका छन्। सरकारले मूल्य बृद्धि नियन्त्रण नगरेपछि तलब बढेका कर्मचारीले समेत खासै राहत महसुस गर्न सक्दैनन्। निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब वृद्धि नहुँदा उनीहरुलाई अझ मार पर्ने गरेको छ।

तलब बृद्धि सम्बन्धी निर्णयले सर्वसाधारणमा एक प्रकारको वितृष्णा पैदा गर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘सरकारी कर्मचारीको तलब वृद्धिको असर अन्य नागरिकमा पनि परेको छ,’ उनले भने, ‘सरकारले यसको समाधानका बारेमा बेलैमा सोच्नुपर्छ।’

प्रकाशित मिति: : 2019-07-02 22:53:38

प्रतिकृया दिनुहोस्