अमेरिका–चीन व्यापार युद्धका चार विजेता

अमेरिका र चीनबीचको व्यापार युद्धमा चार राष्ट्रलाई विशेष फाइदा भएको देखिएको छ। अमेरिकी केवल न्युज नेटवर्कका अनुसार दुई देशबीचको युद्धमा चार राष्ट्र भियतनाम, ताइवान, बंगलादेश र दक्षिण कोरियालाई व्यापार युद्धको फाइदा भएको छ।

चीनबाट अमेरिकीहरुले थोरै मात्र वस्तु किनिरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कर छल्न उनीहरुले अमेरिकी उत्पादकहरुलाई समेत अन्य एसियाली देशतर्फ लगिरहेका छन्। दुई देशबीचको तनाव समाधान नहुँदा यस्तो परिस्थिति एक वर्षयता देखापरेको हो।

अमेरिकी सेन्सस ब्युरोको बुधबार प्रकाशित तथ्यांकका अनुसार मे महिनासम्म अमेरिकाले चीनबाट १२ प्रतिशत मात्रै वस्तुआयात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो। तर उक्त अवधिमा ती चार देशबाट अमेरिकामा हुने आयात भने ह्वात्तै बढेको छ। चार देशहरु भियतनामबाट ३६ प्रतिशत, ताइवानबाट २३ प्रतिशत, बंगलादेशबाट १४ प्रतिशत र दक्षिण कोरियाबाट १२ प्रतिशत आयात भएको छ। जुन व्यापारयुद्धपछि बढेको हो।

प्रकाशित मिति: : 2019-07-09 04:44:08

प्रतिकृया दिनुहोस्