मुम्बईमा रहेका नेपाली मोदी गठबन्धनको पक्षमा : उत्साहपूर्वक गरे मतदान

मुम्बईमा मतदान गरेको प्रमाण प्रस्तुत गर्दै प्रबासी नेपाली । तस्वीर: बीएल

नेपालमा रहेका नेपालीका लागि नरेन्द्र मोदीको नाम प्रिय नभएर पनि भारतमा रहेका नेपालीका लागि भने यो सबैभन्दा प्रिय नाम भएको छ। घरदेश नेपालको राजनीतिका कारण उनीहरू बाँडिए पनि परदेश भारतमा रहेका अधिकांश नेपालीले मोदीकै पक्षमा उभिदै आएका छन् ।

भारतमा जारी लोकसभाको निर्वाचनमा पनि मोदीकै कारण उनको गठबन्धनका उम्मेद्वारलाई नै अधिकांश प्रवासी नेपालीले मतदान दिएका छन्। 

चौथो चरणअन्तर्गत महाराष्ट्रको मुम्बइमा भएको निर्वाचनमा पनि प्रबासी नेपालीले उत्साहपूर्बक मतदान गरेका छन्।महाराष्ट्रको पालघर जिल्लाबाट मतदान गरेका कैलालीका गगन ज्वाला भन्छन्- ' मैले नरेन्द्र मोदीको एनडीए गठबन्धनका राजेन्द्र साबितलाई भोट दिएँ। उनी शिव सेनाका उम्मेद्वार हुन् र यहाँ जित्ने पनि उनै हुन्।'

धेरै नेपालीको सावितलाई सघाउने मन मिलेपछि चुनाव प्रचार प्रसारमा लागेको बताउँदै ज्वाला भन्छन्- ' उनी बाला साहेबको पार्टीका उम्मेद्वार हुन्। हामी नेपाली बाला साहबको कृयाले नै यहाँ टिकेका हौं। त्यसैले हामीले सावितलाई खुलेरै सघायौं।' 

साबितले जितेपछि नेपाली पक्षमा राम्रो कानुन बन्छ, राम्रो हुन्छ भन्ने कुरामा ज्वाला विश्वस्त छन्।

शिवसेनाका उम्मेदवार साबितलाई भाजपा, प्रहार, आग्रीसेनालगायतको सर्मथन छ।

मुम्बईमा बस्ने प्राय नेपालीहरु शिवसेना र भारतीय जनता पार्टीसँग निकट छन्। महाराष्ट्रमा राहुल गान्धीले नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेस पार्टी कमजोर अबस्थामा देखिन्छ।

प्रवासमा दु:ख पाएका कुनै पनि नेपालीलाई सहयोग गर्ने पार्टीकै सर्मथनमा लागेको शिवसेना नेपाल सम्पर्क प्रमुख अशोकसिंह नेपालीले बताए। शिवसेना नेपालका सल्लाहकार चम्फासिंह थापाले थुप्रै भारतीय निर्वाचनमा मतदान गरे। थापा नेपाली मुलका हुन्।उनी शिवसेना पार्टीका संस्थापक नेता बालासाहेब ठाकरेको घरमै बर्षौ बसे।मुम्बईमा बस्ने प्रवासी नेपालीहरु गठबन्धनकै पक्षमा मतदान गरेको उनले दाबी गरे।

महाराष्ट्र राज्यका १७ सिटमा सोमबार चौथो चरणमा निर्वाचन सम्पन्न भएको हो। 

प्रकाशित मिति: : 2019-04-30 02:09:02

प्रतिकृया दिनुहोस्