धनकुटाका सांसदलाई कालो झण्डाको स्वागत

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी नबनाएको भन्दै नेकपाका नेता कार्यक्रर्ताले आफनै दलका सांसदलाई कालोझण्डा देखाएका छन्। 

शुक्रबार धनकुटामा हुने एक कार्यक्रममा भाग लिन त्यहा पुगेका नेकपाका सांसददय इन्द्रमणि पराजुली, निरन राई, लिला सुब्बा र कुसुमकुमारी श्रेष्ठलाई स्थानीय नेता-कार्यक्रताले मदनचौकमा कालोझण्डा देखाए।उनीहरूले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउने प्रस्ताव फिर्ता लिई विराटनगरको पक्षमा मतदान गरेको भन्दै उनीहरूको बिरोध गरेका हुन् ।

गत साता १ नम्बर प्रदेशको राजधानी बिराटनगरमा हुने निणर्य भएपछि धनकुटामा आन्दोलन सुरु भएको छ।

प्रकाशित मिति: : 2019-05-10 22:30:13

प्रतिकृया दिनुहोस्